बाराका मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको छ : सिके राउत « Khabarhub

बाराका मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको छ : सिके राउत


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केही मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।

आइतबार बारामा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरूले बुथ कब्जा गरेको आरोप लगाएका हुन्  । उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कब्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ ।

उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : ०४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै