काठमाडौँ– बाराको देवताल- २ गम्हरिया स्थित देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ जसपाले कब्जा गरेको छ ।
जसपाबाट निर्वाचित मेयर उदयचन्द्र यादव र उनको भान्जाको नेतृत्वमा बुथ नियन्त्रणमा लिइएको हो ।
मेयरका भान्जाले एकै पटक २० वटाभन्दा बढी ब्यालेट लिएर छाप लगाउँदै गर्दा विवाद भएको थियो । जनमतका कार्यकर्ताहरुमाथी हातपात समेत गरिएको छ।
प्रतिक्रिया