चितवन २ : नयाँकिरण माविमा रोकिएको मतदान सुरु | Khabarhub Khabarhub

चितवन २ : नयाँकिरण माविमा रोकिएको मतदान सुरु


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको निर्वाचन क्षेत्र नम्बर २ को भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि स्थगित भएको मतदान सुरु भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको थियो ।  नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो ।

निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान सुरु गरिएको जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए ।

यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले ३ः१५ बजेसम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताए। आज बिहान ७ बजेदेखि मतदान जारी छ । 

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।  यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ३ : ५७ बजे

जापानी आमाछोरामाथि छुरा हान्नेलाई चीनले दियो मृत्युदण्ड

बेइजिङ- चीनमा एकजना जापानी आमा र उनका छोरालाई चक्कु हान्नेले

प्रचण्डको अपिल- हामी गल्ती सच्याउँछौँ, ८४ मा बहुमत दिनुहोस् 

दाङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा

स्काभेटर दुर्घटनाका घाइतेको हेलिकप्टरमा उद्धार

खलङ्गा– दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा

घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा !

काठमाडौं – एक मेडिकल सञ्‍चालकले सरकारी अस्पतालबाट भुक्तानी पाउन घुस

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

पोखरा- पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको