‘नाङ्गो गाउँ’ २९ भदौमा रिलिज हुने « Khabarhub

‘नाङ्गो गाउँ’ २९ भदौमा रिलिज हुने


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’ को प्रदर्शन मिति तय भएकाे छ । भदौको २९ गतेबाट नेपालसहित विश्वभर यो फिल्म रिलिज हुनेछ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको उक्त फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । सार्वजनिक फस्टलुकमा निर्माण पक्षले कुनै पनि कलाकारको तस्वीर प्रयोग गरेको छैन ।

निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए । फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाई छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि