१ लाख बाँदर चीन निर्यात गर्ने योजनाको विरोधमा श्रीलङ्कामा प्रदर्शन « Khabarhub

१ लाख बाँदर चीन निर्यात गर्ने योजनाको विरोधमा श्रीलङ्कामा प्रदर्शन


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले लोपोन्मुख टोक मकाक प्रजातिका एक लाख बाँदर निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना अघि सारेपछि पशु अधिकारकर्मीहरूले विरोध गरेका छन् । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार एक लाख टोक मकाक बाँदर चीन निर्यात गर्ने कृषिमन्त्रीको योजनाको विरोधमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले लोपोन्मुख वन्यजन्तुको सूचीमा राखेको गरिएको टोक मकाक श्रीलङ्कामा भने संरक्षित प्रजातिको सूचीमा पर्दैन । संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन् । प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दाबी छ ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार श्रीलङ्कामा करिब ३० लाख टोक मकाक प्रजातिका बाँदर रहेका छन् । ती बाँदरले बालीनालीमा क्षति पुर्‍याउने गरेको भन्दै किसानहरूले उनीहरूको व्यवस्थापनका लागि सरकारी निकायहरूसँग सहयोग माग्दै आएको बताइएको छ ।

“यो देशमा बालीनालीमा क्षति पु¥याउनुमा टोक बाँदर नै सबैभन्दा बढी जिम्मेवार रहेको र अहिलेसम्म सरकारले यिनीहरूको सङ्ख्या घटाउन गरेका सबै प्रयास असफल भएका छन्,” मन्त्री अमरवीराले भने ।

“संरक्षणवादीहरूले यस कदमको आलोचना गरेका छन् र धेरैले जनावरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने डर व्यक्त गरेका छन्,” भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ ।

वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र ¥याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलङ्काले गत साता एक वक्तव्य जारी गर्दै चिडियाखानाको ‘विश्वव्यापी मान्यता प्राप्त मापदण्ड’ अनुसार १८ वटा चिनियाँ चिडियाखाना मात्र रहेको दावी गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण