जलवायु परिवर्तनजस्ता समस्याको समाधान पनि बौद्ध दर्शनमा रहेको मोदीको भनाइ | Khabarhub Khabarhub

जलवायु परिवर्तनजस्ता समस्याको समाधान पनि बौद्ध दर्शनमा रहेको मोदीको भनाइ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा अहिले जलवायु परिवर्तनजस्ता समस्याको समाधान बौद्ध दर्शनमा रहेको जनाएका छन् ।

विश्व बौद्ध सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो शताब्दीमा विश्वमा जलवायु परिवर्तन ठूलो समस्या बनेर देखा परेको उल्लेख गरे ।

सम्बोधनमा उनले हिमनदी पग्लन थालेको, पर्यावरण ध्वस्त हुँदै गएको र सजिव प्रजातिहरू लोप हुँदै गएको धारणा राखे । उनले बुद्धका उपदेशलाई विश्वले पालना गरेको भए जलवायु परिवर्तनजस्तो संकट पनि नआउने जिकिर गरे ।

बुद्धले देखाएको बाटो भविष्यको बाटो र पर्यावरणमैत्री भएको प्रधानमन्त्री मोदीको भनाइ छ । उनले भगवान बुद्धको शिक्षाबाट प्रेरित भएर भारतले विश्व कल्याणका लागि नयाँ पहल गरिरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ३ : १६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास