सफा हिमाल अभियानका शेर्पासहित तीन आरोहीको मृत्यु « Khabarhub

सफा हिमाल अभियानका शेर्पासहित तीन आरोहीको मृत्यु


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ ।

सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार निधन भएको हो । उनी विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए ।

ओखलढुङ्गा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ ।

उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरीर पनि परिवारजनलाई बुझाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ४४ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले