राहुल गान्धी ट्रक चढेर पुगे चण्डीगढ « Khabarhub

राहुल गान्धी ट्रक चढेर पुगे चण्डीगढ


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगढ पुगेका छन्।

उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन्। यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ।

कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्बिरहरू सार्वजनिक भएका हुन्। कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उद्घाटन प्रति उनले आपत्ति जनाएका छन्।

उनले सो संसद भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नुपर्ने माग राख्दै आएका छन्। हालै सो संसद भवनको निर्माण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उद्घाटन गर्ने जनाइएको छ।

लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन्।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : ०६ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले