‘विदेशमा ज्यान गुमाउनेको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था होस्’ « Khabarhub

‘विदेशमा ज्यान गुमाउनेको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था होस्’


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तले चाँडै पाउने व्यवस्था गर्न माग गरेका हुन्।

जीवित छँदा उसले पठाएको रेमिट्यान्सप्रति सरकारले गर्व गर्ने गरे पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएपछि बेवास्ता गरेको भन्दै आपत्ति जनाएका उनले अब उप्रान्त वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ०० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै