नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ? « Khabarhub

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । नोर्वेजियन नोबेल कमिटीले शुक्रबार पिल्लेलाई ‘शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदान’ का लागि नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

कमिटीका अनुसार पिल्लेले आफ्नो लामो करियरमा दृढ नैतिक निष्ठा प्रदर्शन गर्दै राज्य तथा राष्ट्रिय नेताहरूलाई जवाफदेही बनाएकी छन् । उनले हिंसा तथा द्वन्द्वबाट पीडित बनेकाहरूका लागि आशाको सञ्चार गरेको कमिटीले जनाएको छ ।

नेल्सन मण्डेला र रङ्गभेद विरुद्ध उभिएका अन्य व्यक्तिहरूको पक्षमा प्रारम्भिक समयमा वकालत गरेदेखि लिएर हाम्रा समयका प्रमुख अन्तर्राष्ट्रिय अदालतका मुद्दाहरूमा न्यायाधीशका रूपमा पुर्‍याएको सेवासम्म उनको कार्यमा एउटै निरन्तरता र समर्पण देखिने कमिटीले जनाएको छ ।

नभी पिल्ले कब्जा गरिएको प्यालेस्टिनी भूभाग सम्बन्धी संयुक्त राष्ट्रसंघीय छानबिन आयोगको अध्यक्ष समेत थिइन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो पुरस्कारमा दाबी गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले आफूले विश्वभरका आठ युद्ध रोक्न सफल भएको दाबी गर्दै पुरस्कार आफूले जित्नुपर्ने बताउने गरेका थिए ।

विश्लेषकहरूले ट्रम्पको इरानसम्बन्धी नीति, ग्रिनल्यान्डप्रतिको महत्त्वाकांक्षा र आप्रवासीप्रतिको कठोर व्यवहारलाई पुरस्कारका लागि बाधक मानेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ३ : ५१ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट