राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै « Khabarhub

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ । 

आजको  बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार महामन्त्री राजाराम बर्तौला, भास्कर भद्रा, सुशील श्रेष्ठ तथा केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । 

यसैगरी संघीयताको मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकाले प्रदेश संरचना खारेज गर्नुपर्ने बारेमा पनि आजको केन्द्रीय समितिमा छलफलसमेत हुने सो पार्टीले जनाइएको छ । 

आजको बैठकमा जनवर्गीय संगठन, विभाग र समितिको छ महिने कार्ययोजना पनि प्रस्तुत हुने जनाइएको छ । बैठक भोलि बुधबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : २२ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई