एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा « Khabarhub

एकदिवसीय विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । 

नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्याण्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) छन् । आगामी असार ३ गतेदेखि असार २४ सम्म जिम्बावेमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् । 

समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आ–आफ्नो समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एउटा समूहले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईभित्र रहने टोली आगामी अक्टोबरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिहं ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल छन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ३ : ५४ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका