सेयर बजारमा ५१.३१ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५१.३१ अंकको वृद्धि


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारले सकारात्मक बाटो समाउन थालेको छ । नेप्से सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि सुधार देखिएको छ ।

यसैक्रममा मंगलबार नेप्से सूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा आएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै ब्याजदर घट्न थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । यस्तै, सेयर भाउ निकै तल्लो विन्दुमा आएको छ । 

भाउ धेरै सस्तो भएकाले पनि अल्पकालीन र दीर्घकालीन दुवैथरिका लगानीकर्ता आकर्षित भएको अनुमान गरिएको छ । मंगलबार सेयर बजारले गति लिनुको अर्को कारण धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुला गर्नु पनि हो । ४३ वटा कम्पनीले एलओआई पाएकामा बोर्डले पहिलो चरणमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ । 

यस दिन २७१ कम्पनीको ६० लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एनआईसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ४ : ४७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज