जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी मोदी स्वदेश फर्कँदै | Khabarhub Khabarhub

जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी मोदी स्वदेश फर्कँदै


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कँदैछन् । जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार जापानको हिरोसिमा प्रस्थान गरेका मोदीले त्यहाँ रहँदा अमेरिकी राष्ट्रपतिलगायत जी सेभेनका नेतासँग वर्तमान विश्वले भोग्नुपरेका चुनौती र तिनको समाधानबारे छलफल गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा रहेका भारतीय मुलका अमेरिकी तथा अन्य भारतीयले प्रधानमन्त्री मोदीप्रतिको अनुराग देखेर आफू अचम्भित भएको तथा आगामी महिना हुने प्रधानमन्त्री मोदीको अमेरिकाको राजकीय भ्रमणका क्रममा आयोजना हुने एउटा कार्यक्रमको टिकट बिक्री खुल्ने बित्तिकै समाप्त भएकाले उनीप्रतिको जनअनुराग र स्नेह अवर्णनीय रहेको बताएका थिए । अमेरिका, अष्ट्रेलिया, भारत र जापान सदस्य रहेको रणनीतिक समूह ‘क्वाड’को बैठकमा सहभागी उनले विश्वशान्ति र प्रगतिका निम्ति विश्व नेता एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्न आफूले भरमग्दुर प्रयास गर्न युक्रेनी राष्ट्रपतिलाई दिएको आश्वासनका साथै ‘अमेरिकी राष्ट्रपतिले तपाईँको लोकप्रियता देखेर आफूलाई इष्र्या हुने’ बताएको समाचार सेलाउन नपाउँदै पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले सूर्यास्तपछि पनि प्रधानमन्त्रीलाई मोदीको हार्दिक स्वागत गर्दै निहुरेर खुट्टा छोएका तस्बिर र समाचार भाइरल भए ।

प्रधानमन्त्री मोदीको पपुवा न्युगिनीको पहिलो भ्रमण र त्यहाँ भएको १४ वटा टापु देशका नेताको शिखर सम्मेलन भारत र ती राष्ट्रबीचको सम्बन्ध विस्तारका साथै जलवायु परिर्वतन, दिगो विकास, क्षमता अभिवृद्धि, स्वास्थ्य तथा जनकल्याण, भौतिक पूर्वाधार तथा आर्थिक विकासका निम्ति फलदायी रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण–दक्षिण सहयोग प्रवद्र्धनमा प्रधानमन्त्रीको योगदान अनुकरणीय रहेको भन्दै उनलाई विशिष्ट सम्मान ‘कम्प्यानियन अफ द अर्डर’ प्रदान गरिएको थियो । प्रशान्त क्षेत्रका टापु राष्ट्रबाहेकका मुलुकका नेतालाई यो सम्मान विरलै प्रदान गरिन्छ ।

पपुवा न्युगिनीको भ्रमण पूरा गरी प्रधानमन्त्री मोदी अष्ट्रेलियाको सिड्नीमा व्यस्त भए । उनले आफ्ना समकक्षी एन्थोनी अल्वानिजसँग द्विपक्षी हित र चासोका विविधि विषयमा विचारविमर्श गर्नाका अतिरिक्त वैज्ञानिक तथा अष्ट्रेलियाका प्रसिद्ध सात जना व्यक्तित्वसँगै बेग्लाबेग्लै भेटवार्ता गर्नुका अतिरिक्त मेलवर्नबाट विमान नै चार्टर गरेर आएका भारतीय डायस्पोरासँग भेटघाट गरेका थिए ।

उनलाई भेट्न आएका ९२ वर्षीया एक जना डाक्टरले भारत निर्माणको अभियायनमा लागेका मोदी सफल हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्रीको उपस्थितिमा अष्ट्रेलिया सरकारले सिड्नीको ह्यारिस पार्कको सडकलाई ‘लिटल इन्डिया’ पुनः नामाकरण गरिएको छ ।

भारत र अष्ट्रेलियाबीच व्यापार, लगानी, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा सुरक्षा तथा सहयोगबारे भएका छलफलले निकट भविष्यमा कार्यान्वय हुने र त्यसले पारस्परिक सम्बन्ध अझ सुमधुर तुल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ४ : ५३ बजे

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन– मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज