विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज जेठ ९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी मोदी स्वदेश फर्कँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कँदैछन् । जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार जापानको हिरोसिमा प्रस्थान गरेका मोदीले त्यहाँ रहँदा अमेरिकी राष्ट्रपतिलगायत जी सेभेनका नेतासँग वर्तमान विश्वले भोग्नुपरेका चुनौती र तिनको समाधानबारे छलफल गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा रहेका भारतीय मुलका अमेरिकी तथा अन्य भारतीयले प्रधानमन्त्री मोदीप्रतिको अनुराग देखेर आफू अचम्भित भएको तथा आगामी महिना हुने प्रधानमन्त्री मोदीको अमेरिकाको राजकीय भ्रमणका क्रममा आयोजना हुने एउटा कार्यक्रमको टिकट बिक्री खुल्ने बित्तिकै समाप्त भएकाले उनीप्रतिको जनअनुराग र स्नेह अवर्णनीय रहेको बताएका थिए । अमेरिका, अष्ट्रेलिया, भारत र जापान सदस्य रहेको रणनीतिक समूह ‘क्वाड’को बैठकमा सहभागी उनले विश्वशान्ति र प्रगतिका निम्ति विश्व नेता एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्न आफूले भरमग्दुर प्रयास गर्न युक्रेनी राष्ट्रपतिलाई दिएको आश्वासनका साथै ‘अमेरिकी राष्ट्रपतिले तपाईँको लोकप्रियता देखेर आफूलाई इष्र्या हुने’ बताएको समाचार सेलाउन नपाउँदै पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले सूर्यास्तपछि पनि प्रधानमन्त्रीलाई मोदीको हार्दिक स्वागत गर्दै निहुरेर खुट्टा छोएका तस्बिर र समाचार भाइरल भए ।

प्रधानमन्त्री मोदीको पपुवा न्युगिनीको पहिलो भ्रमण र त्यहाँ भएको १४ वटा टापु देशका नेताको शिखर सम्मेलन भारत र ती राष्ट्रबीचको सम्बन्ध विस्तारका साथै जलवायु परिर्वतन, दिगो विकास, क्षमता अभिवृद्धि, स्वास्थ्य तथा जनकल्याण, भौतिक पूर्वाधार तथा आर्थिक विकासका निम्ति फलदायी रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण–दक्षिण सहयोग प्रवद्र्धनमा प्रधानमन्त्रीको योगदान अनुकरणीय रहेको भन्दै उनलाई विशिष्ट सम्मान ‘कम्प्यानियन अफ द अर्डर’ प्रदान गरिएको थियो । प्रशान्त क्षेत्रका टापु राष्ट्रबाहेकका मुलुकका नेतालाई यो सम्मान विरलै प्रदान गरिन्छ ।

पपुवा न्युगिनीको भ्रमण पूरा गरी प्रधानमन्त्री मोदी अष्ट्रेलियाको सिड्नीमा व्यस्त भए । उनले आफ्ना समकक्षी एन्थोनी अल्वानिजसँग द्विपक्षी हित र चासोका विविधि विषयमा विचारविमर्श गर्नाका अतिरिक्त वैज्ञानिक तथा अष्ट्रेलियाका प्रसिद्ध सात जना व्यक्तित्वसँगै बेग्लाबेग्लै भेटवार्ता गर्नुका अतिरिक्त मेलवर्नबाट विमान नै चार्टर गरेर आएका भारतीय डायस्पोरासँग भेटघाट गरेका थिए ।

उनलाई भेट्न आएका ९२ वर्षीया एक जना डाक्टरले भारत निर्माणको अभियायनमा लागेका मोदी सफल हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्रीको उपस्थितिमा अष्ट्रेलिया सरकारले सिड्नीको ह्यारिस पार्कको सडकलाई ‘लिटल इन्डिया’ पुनः नामाकरण गरिएको छ ।

भारत र अष्ट्रेलियाबीच व्यापार, लगानी, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा सुरक्षा तथा सहयोगबारे भएका छलफलले निकट भविष्यमा कार्यान्वय हुने र त्यसले पारस्परिक सम्बन्ध अझ सुमधुर तुल्याउने अपेक्षा गरिएको छ ।

सोमिलिया, इथियोपिया र केन्याका ७० लाख बालबालिका कुपोषणको शिकार

अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका सत्तरी लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

यी तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । उक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलब्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ ।

अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहोर्नुपरेको, गाईबस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्य प्रायः भएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको पूर्वी र दक्षिण अफ्रिकाका लागि कोषका क्षेत्रीय निर्देशक मोहम्मख फलले बताएका छन् । खाना र पानीको खोजीमा लाखौँ बालबालिका आफ्ना अभिभावकसँग घरबाट हिँडेकाले उनीहरू शिक्षाबाट समेत वञ्चित हुनुपरेको पीडादायी अनुभव उनले साझा गरेका छन् ।

कोषका अनुसार सोमिलिया, इथियोपिया र केन्याका दुई करोड ३० लाख जनता खाद्य असुरक्षाको सामना गरिरहेका छन् । कुपोषणबाट गम्भीर रूपमा पीडित बालबालिका गत वर्षको तुलनामा निकै बढी रहेको तथा केही समयसम्म यो अझ उच्च रहने सम्भावना छ ।

प्रतिकूल मौसम, असुरक्षा र अभाव बालबालिका र महिलाका निम्ति चरम चुनौती बनेका छन् भने उनीहरू नै लैङ्गिक हिंसा, यौन शोषण र दुर्व्यवहारको जोखिम परेका छन् । हैजा, दादुरा, मलेरिया र अन्य रोगका कारण तीन वटै देशको स्वास्थ्य प्रणाली पनि समस्याबाट मुक्त हुन सकेको छैन ।

बजारमा खाद्यान्नको उच्च मूल्यले बालबालिका नचाहेर पनि परिवारका निम्ति बोझ भएका छन् । जलवायु सङ्कटले परिस्थितिलाई अझ जटिल बनाएको छ जसका कारण कुपोषण र विस्थापनमा वृद्धि भएको छ ।

गत वर्ष तीन करोडभन्दा बढी पाँच वर्षमुनिका बालबालिका र तिनका आमालाई कुपोषणको शिकार हुनबाट जोगाएका दाताप्रति आभार व्यक्त गर्दै कोषले यस वर्ष पनि उदार मनले सहायता रकम उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

छात्रावासमा आगलागी हुँदा १९ जनाको मृत्यु

दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन् ।

११ र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षति भएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले ‘दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, हाम्रो अनुसन्धान जारी छ,’ पत्रकारमाझ भनेका छन् । अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन ।

आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको छ । सरकारले यसअघि देशको मध्य भागमा रहेको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको बताएको थियो ।

ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको गुयाना खनिज स्रोतमा विश्वमै अब्बल मानिन्छ ।अङ्ग्रेजी राष्ट्रभाषा भएको यो देशको जनसङ्ख्या आठ लाख छ ।

अन्तरिक्ष स्टेशनमा पुगिन् पहिलो अरबी महिला

पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छन्।

एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन्।

जसले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेको थियो। जो १० दिन उनी अन्तरिक्षमा रहने छिन्।

यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरको अनुसन्धान गर्ने योजना बनाएकी छन्। उनको यो यात्राले मध्य पूर्वका महिलाहरूलाई प्रेरित गर्ने आशा गर्छिन्।

आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ। म चाहन्छु कि तपाईं ठूला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।’

बर्नावी एक्सियोम मिशन– २ मा साथी साउदी मिसन विशेषज्ञ अली अल्कार्नीसहित पुगेकी हुन्। जो अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन्। उनीहरुको टोलीमा दुई अमेरिकी कमाण्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल रहेका छन्।

राहुल गान्धी ट्रक चढेर पुगे चण्डीगढ

कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगढ पुगेका छन्।

उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन्। यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ।

कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्बिरहरू सार्वजनिक भएका हुन्। कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उद्घाटन प्रति उनले आपत्ति जनाएका छन्।

उनले सो संसद भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नुपर्ने माग राख्दै आएका छन्। हालै सो संसद भवनको निर्माण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उद्घाटन गर्ने जनाइएको छ।

लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन्।

युक्रेनद्वारा रुसको दाबी अस्वीकार

मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।

‘युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।,ू युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताएका छन् । युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई निश्तेज पार्ने प्रयास गरिरहेको बताएको थियो।

यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रूसी गुरिल्ला समूहहरू जिम्मेवार हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना