पाकिस्तानमा आतङ्ककारी आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा आतङ्ककारी आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् । आज बिहान दुई दर्जनभन्दा बढी सशस्त्र आतङ्कारीले गरेको आक्रमणको प्रतिकारमा चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’ का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी अधिकृत आसिफ बहादुरले बताएका छन् ।

दुई घण्टाभन्दा बढी समय दाहोरो भिडन्तपछि आतङ्कारी भागेका तथा उक्त स्थलको स्थिति अहिले नियन्त्रणमा रहेको जानकारी दिँदै उनले इन्धन उत्खनन केन्द्रलाई पर्याप्त सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समयमै सुरक्षाफौज सहायताका निम्ति आएकाले ठूलो मानवीय क्षति नभएको बताइएको छ ।

पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको कम्पनीले इन्धनका निम्ति उत्खनन गरिरहेको छ । उक्त हमलाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ५ : ४५ बजे

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा