थाइल्याण्डमा विद्यालय भवनको छानो भत्किँदा सात जनाको मृत्यु « Khabarhub

थाइल्याण्डमा विद्यालय भवनको छानो भत्किँदा सात जनाको मृत्यु


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएका हुन् ।

दुर्घटना बेलुका करिब ७ बजे भएको थियो । स्थानीय समय अनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

प्रधानमन्त्री प्रयुत चान ओ चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

स्थानीय सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्याउदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन् । छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए ।

फिचिटका गभर्नर पायोन असवापिचायोनले मङ्गलबार प्रभावित स्थलको भ्रमण गरेका छन् । त्यहाँ कम्तीमा १०० स्थानीय घरपरिवारले आँधीका कारण भएको क्षति र थप मूल्याङ्कन भइरहेको जानकारी उपलब्ध गराएका छन् । विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सोमबारदेखि वर्षायाम शुरु भएसँगै थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ५२ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा