नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा प्रवेश « Khabarhub

नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा प्रवेश


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशलाई ३-० सेटले पराजित गर्दै नेपाल एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथीको जित संगै ६ अंक बनाएको हो ।

यसै समूहबाट भारतले किर्गिस्तानमाथी ३–० को सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।

समूह बिजेता र उपबिजेताको छिनोफाने भोली बुधबार हुने नेपाल र भारत बिचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै मंगलबार नै  भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकैनै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो  पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ले श्रीलंकालाई सुम्पियो । 

यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मक रुपमा २९–२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ ग¥यो । यस जितका साथै काजाकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ०१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन