नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग « Khabarhub

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्कीएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ । पथरी शनिश्चरे–१० मा रहेका भुटानी शरणार्र्थीले भुटानीप्रति भएको बैमानी, शरणार्र्थीको नाम बेचेर गरिएको मानव तस्कर, छुटेका भुटानीको पुनःस्थापना गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका छन् । सोझा जनतालाई अमेरिका पठाउने प्रलोभनमा पारेर नेपालका विभिन्न स्थानबाट करोडौँ ठगी गर्ने गिरोह धमाधाम पक्राउ पर्न थालेपछि यसको प्रतिकारस्वरुप विभिन्न क्षेत्रमा विरोध आन्दोलन भइरहेका छन् ।

नक्कली शरणार्थीका कारण सक्कली शरणार्थीको पुनर्मिलन कार्यमा ढिलासुस्ती गरेको भन्दै भुटानी शरणार्थीले विरोधमा उत्रिएका हुन् । आज वाइएफसी पथरी शनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध ¥यालीमा शरणार्थी समस्या समाधान गर, कि गरेर खाने अधिकार देउ नत्र गाँस बाँस कपास देउ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे, शरणार्थीलाई पुनःस्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

पथरी शनिश्चरे शिविरको होम केयर सेन्टरबाट सुरु भएको र्यालीले भुटानी शरणार्थी शिविर परिक्रमा गरी वडा नम्बर १० को वडा कार्यालय अगाडि कोणसभा गरेको छ । कोणसभामा सामाजिक अभियान्ता प्रदीपकुमार राई, शान्ति पाख्रिनले शरणार्थीको समस्या हल गर्नुको साटो उल्टै पुनःस्थापनको बाटो बन्द गर्ने कोसिस गरेको बताए । शनिश्चरे शिविर क्यामका सहसचिव राम बानियाँले देशमा बेतिथिले पराकाष्ठा पार गरेको भन्दै यो अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले भुटानीको समस्या र यस्तो बेथिति न रोकेसम्म सङ्घर्ष जारी राख्ने बताए ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ८ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना