थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज  « Khabarhub

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज 


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार ८ गते शुक्रबार अन्तिम दिन हो ।

 यस कम्पनीले असार ५ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिई सक्नुपर्नेछ।

यसमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । 

यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको छ । अब बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सीडीएसका अनुसार बिहीबार सम्म ७ लाख ६५ हजार ६८४ जनाले ८५ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १३.९० गुणा बढी आवेदन हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले थ्रीस्टार हाइड्रोपावरको आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

 जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्चस्तरको जोखिम रहेको संकेत गर्छ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ५५ बजे

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न