प्रचण्ड नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसक्यो : एमाले नेता गौतम | Khabarhub Khabarhub

प्रचण्ड नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसक्यो : एमाले नेता गौतम


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले शुक्रबार आयोजना गरेको अन्तर संवादमा गौतमले वर्तमान गठबन्धन सरकारले देश हाँक्न नसकेकाले विकल्पको ढोका खुलेको बताएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको समाचार आइरहेको बताउँदै उनले सरकार परिवर्तनको खेलमा एमाले नलाग्ने भए पनि वर्तमान सरकार देश हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताए ।

‘सरकार परिवर्तनको खेलमा हामी छैनौं, तर सरकार आफैँ असफल सावित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन,’ गौतमले भने, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । देश असफल बन्दा हामी टुटुटुलु हेरेर बस्न सक्दैनौं । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’

वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गर्दै उनले भने, ‘बाढीपहिरोका कारण धनजनको क्षति भएको छ । त्यसको उद्धार, खोजी, राहत, उपचार, पुनर्स्थापना गर्ने कुरामा सरकार मौन छ । सरकारसँग जवाफदेहिता छैन। चौतर्फी गम्भीर मानवीय प्रश्न उठेका छन । जनता नै सरकारको विकल्पको पक्षमाा छन् ।’

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : ५७ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।