मनसुन देशभर सक्रिय « Khabarhub

मनसुन देशभर सक्रिय


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो ।

देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन असार ८ गतेदेखि १० गतेसम्ममा देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू–क्षय, बाटो हिलाम्य हुने तथा ग्रेग्रान बहावजस्ता प्रभावले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा प्रभावित हुनसक्ने देखिन्छ ।

खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ५ : ५० बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक