मुगुको छायाँनाथ रारा नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन « Khabarhub

मुगुको छायाँनाथ रारा नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि नागिरकसँग सुझाव संकलन गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले १३ औं नगरसभाको पूर्वसन्ध्यामा समृद्ध नगर निर्माणका लागि नागिरकले सुझाव दिएका छन् । नगरपालिकाले  सरोकारवालाबाट सुझाव संकलन गरेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

उनका अनुसार जिल्लामै पहिलो पटक नागिरकसँग सुझाव माग्ने भनेकै छायाँनाथ रारा नगरपालिका हो । यसले गर्दा विकास निर्माणमा नागिरकसँग फलदायी देखिने हुँदा यस कार्यक्रमको थालनी गरिएको नगर प्रमुख भामको भनाइ छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका लागि बिहीबार पत्रकार सम्मेलन गर्दै पत्रकारसँग पनि सुझाव मागिएको थियो । रेडियो मुगुका समाचार प्रमुख खडक सुनारले मुगुमा काम गर्ने पत्रकारलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको भए काममा केही सहज हुने सुझाव दिएका थिए ।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको तथा यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन कार्यलाई सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : २३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा