सर्भे गर्ने क्रममा विद्यार्थीलाई तमोर नदीले बगायो | Khabarhub Khabarhub

सर्भे गर्ने क्रममा विद्यार्थीलाई तमोर नदीले बगायो


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । इन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी दिए ।

धनकुटाको साँगुरीगढी गाउँपालिका र शाहिदभूमि गाउँपालिकाको सिमानामा रहेको सफाया भन्ने स्थानको पुलको सर्भे गर्ने क्रममा उनलाई बगाएको दंगालले जानकारी दिए ।

पाँचजना विद्यार्थी सर्भेमा खटिएका बेला उनलाई बगाएको र खोजीकार्य भइरहेको उनले बताए । ‘विद्यार्थी बगाएको खबर आएपछि गाउँले र सँगै रहेका विद्यार्थीले खोजीकार्य गरिरहेका छन्,’ उनले भने, ‘हामीलाई विद्यार्थी बगाएको खबर आएपछि उद्धारका लागि पहल गरिरहेका छौँ ।’

विद्यार्थी खत्रीको उद्धारका लागि सम्बन्धित् पक्षले सक्रियता देखाइदिन उनले आग्रह गरे ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ०० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’