सरकार परिवर्तन गर्ने चलखेल भयो : अध्यक्ष नेपाल « Khabarhub

सरकार परिवर्तन गर्ने चलखेल भयो : अध्यक्ष नेपाल


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल सरकार परिवर्तन गर्ने चलखेलमा लागेको आरोप लगाएका छन् ।

वर्तमान सरकारलाई हटाएर नयाँ ससरकार बनाउन एमाले आक्रामक तवरले लागेको उनको टिप्पणी थियो ।

पार्टीको सम्पर्क विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “समाजवादी र कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा सरकार परिवर्तन गर्ने चलखेल गरिरहेका छन्, ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, उसले अहिले पनि दललाई प्रभावित पार्न खोजेको छ ।”

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरूले गर्दा एमालेलाई छटपटी भइरहेको दाबी गरे । उनले भने, “एउटा कम्युनिष्ट पार्टीका नेताले समाजवादी शक्ति बनाउँदा छटपटी भइरहेको छ ।”

उनले समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र आफ्नो पार्टीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्दै एकीकृत समाजवादीले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्ष आफूले नै बदलेको दाबी गरे ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ३१ बजे

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले