विश्वव्यापी वृद्धिको लागि भारत–अमेरिका साझेदारी महत्वपूर्ण : प्रधानमन्त्री मोदी « Khabarhub

विश्वव्यापी वृद्धिको लागि भारत–अमेरिका साझेदारी महत्वपूर्ण : प्रधानमन्त्री मोदी


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डिसी- भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति इन्जिनको रूपमा काम गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा पनि जोड दिएका छन्

“विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ । एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ । त्यसैले मलाई विश्वास छ – भारत–अमेरिका साझेदारी दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन साबित हुनेछ,” प्रधानमन्त्री मोदीले भने ।

यसअघि बुधबार वाशिङ्टन डिसी पुग्नेका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ५५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५