कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ : पूर्वप्रम खनाल | Khabarhub Khabarhub

कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ : पूर्वप्रम खनाल


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा रहेका कम्युनिष्ट पार्टीहरूबीचको एकता हुनुपर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले आज आयोजना गरेको कार्यक्रममा पार्टीका सम्मानित नेता खनालले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक सङ्कट बढ्दै गएको टिप्पणी गर्दै कम्युनिष्टबीचको एकताको आवश्यकता रहेको बताए ।

आगामी दिनमा संस्कृतिक सङ्कट निम्तिनेतर्फ सचेत हुन आग्रह गर्दै उनले भने , “बितेका तीनरचार वर्षको बीचमा गाउँ–गाउँमा डरलाग्दो ढङ्गले धर्म परिवर्तन र चर्चका भवन बनिरहेका छन्, हाम्रा सामु सांस्कृतिक सङ्कट डरलाग्दो ढङ्गले बढेको छ ।” गाउँगाउँमा चर्चका भवन निर्माण भइरहेकोप्रति जिज्ञासा राख्नै उनले भने, “साढे आठ हजार चर्च कसरी बने ?  नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनका छैन तर पनि संरचना बनेको बन्यै छन् कसरी ?”

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : २० बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने