‘ड्रागन बोट रेस’ : नेपाल र चीनका दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश « Khabarhub

‘ड्रागन बोट रेस’ : नेपाल र चीनका दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि सुरु भएको नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’मा नेपालका दुई र चीनका दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फेवातालमा भएको सो प्रतियोगितामा नेपालका चार र चिनियाँ चार गरी आठ टोलीबीचको प्रतिस्पर्धामा दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश गर्न सफल भए । प्रतियोगितामा दुई सय र पाँच सय मिटरको दुई–दुई चरणको प्रतिस्पर्धाबाट सेमिफाइनल प्रवेश गर्ने टोली छनोट गरिएको हो । प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

नेपालको र्याफ्टिङ एन्ड क्यानोइङ एशोसिएसन (एनआरसीए) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) तथा चीनको सिचुवाङ ड्रागन समूह र युनान ड्रागन समूह अघिल्लो चरणमा पर्न सफल भएको प्रतियोगिताका प्राविधिक प्रमुख मीनबहादुर मगरले जानकारी दिए ।

बोट रेसको दुई सय मिटरमा सिचुवाङले एक मिनेट ४८ सेकेन्ड र पाँच सय मिटरमा भने चार मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । नेपालको नाराको टोलीले दुई सय मिटरको दूरी एक मिनेट ५३ सेकेन्डमा पार गर्न सफल भयो । यसैगरी पाँच सय मिटर पार गर्न चार मिनेट ४७ सेकेन्ड समय लगाएको थियो ।

युनानको टोलीले दुई सय मिटरको दूरी एक मिनेट ५५ सेकेन्डमा र पाँच सय मिटरको दूरी भने चार मिनेट ५३ सेकेन्डमा पार गरेको थियो । नेपालको एनआरसीएले दुई सय मिटरको दूरी एक मिनेट ५६ सेकेन्डमा र पाँच सय मिटरको दूरी पाँच मिनेट दुई सेकेन्डमा सम्पन्न गरी अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।

चाइना नेपाल फ्रेन्डसीप, पोखरा महानगरपालिका, सिङ्गापुरको जिएस ड्रागन समूह र फेवा डुङ्गा व्यवसायी सङ्गठनको टोली बाहिरिएका छन् । प्रतियोगितामा विजेता हुने टिमलाई जनही रु पाँच लाख ५० हजार र उपविजेतालाई रु तीन लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा पहिलोपटक ड्रागन बोट रेस तथा महोत्सव आयोजना गरिएको छ । महोत्सवको आज एक भव्य समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५८ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार