सुरक्षा निकायका कर्मचारीलाई सरकारले विभेद गर्‍यो : सांसद तामाङ « Khabarhub

सुरक्षा निकायका कर्मचारीलाई सरकारले विभेद गर्‍यो : सांसद तामाङ


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङले नेपाल एयरलाइन्सको प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद तामाङले नेपाल एयरलाइन्सलाई सुधार गर्नको लागि योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले नेपाल एयरलायन्स आर्थिक रुपमा नाजुक अवस्थामा पुगेको बेला पर्यटनमन्त्रीले ४०/५० जना कर्मचारी करारमा नियुक्त्ति गर्नु गलत भएको बताए । सांसद तामाङले पर्यटन मन्त्रालयले निजि क्षेत्रलाई प्रोत्साहन गर्ने कुनै योजना नल्याएको भन्दै विरोध समेत जनाए ।

यस्तै सुरक्षा निकायका कर्मचारीमा समेत सरकारले विभेद गरेको भन्दै सांसद तामाङले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरकारले खानाको दररेटमा एकरुपता ल्याउन सुझाव दिए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको अवस्था दयनिय भएको भन्दै उनले बीओपीलाई व्यवस्थित बनाउन सरकारको ध्यानआकर्षण गरेका छन् ।

साथै सांसद तामाङले नेपाली सेना देशको गौरव गर्न लायक संस्था भएको भन्दै उनले यसको संख्याको बारेमा विभिन्न टिका टिप्पणी हुने गरेकोले यस बारेमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखे ।

तामाङले भने ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुपुर्व सेनाको संख्या १० हजार भए हुन्छ किन यति ठुलो सेना चाहियो भन्ने अभिव्यक्ति दिनुहुन्थ्यो । त्यसैले उहाँ अहिले प्रधानमन्त्री हुंदा यो विषय उठेको हुनसक्छ । हैन भने यसको विषयमा गैरजिम्मेवार हिसावले बोल्नु हुंदैन । सेनाको संख्याबारे हामिले राष्ट्रिय सहमति गर्न आवश्यक भइसकेको छ ।’

उनले नेपाली सेनालाई समेत अहिलेको समयअनुकुल चल्न सुझाव दिए ।

 

 

 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ०२ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति