अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)– बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निःशुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । यो सुविधा २०८० साल साउनदेखि लागू गरिएको उनको भनाइ छ ।

सामुदायिक अपाङ्ग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपाङ्गता भएकालाई यसले थोरै भए पनि राहत पुर्याउने जनाउँदै नगरको निर्णय स्वागतयोग्य रहेको बताए । उनले विशेषगरी निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपाङ्गता भएकालाई यसले राहत मिल्ने बताए ।

नगरपालिकाभित्र सात सय ७९ अपाङ्गता भएका व्यक्तिमध्ये चार सय ८७ जनाले परिचयपत्र लिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) सुनवल र बर्दघाट नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिकाका भएका छन् । जनस्वास्थ्य तथा पोषणमा समेटिएको ८८ सूचकमध्ये ४४ प्राथमिक स्वास्थ्य सेवामध्ये समग्रमा सुरक्षित मातृत्वतर्फ आवश्यक सूचक पूरा भएको तथ्याङ्कका आधारमा दुवै नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएका हुन् ।

बर्दघाटमा १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र र एक अस्पताल रहेको छ । बर्दघाट नगरप्रमुख श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताए । नगर मातहतका स्वास्थ्य संस्थामा सेवा विस्तार गर्दै लगिने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ०६ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी