ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेत आबुधाबी प्रस्थान  « Khabarhub

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेत आबुधाबी प्रस्थान 


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधाबी प्रस्थान गरेका छन् ।

मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । सो बैठक बैठक यही साउन ८ देखि १० गतेसम्म अबुधाबीमा आयोजना हुँदैछ । आईएसएका सदस्य राष्ट्रहरू, एसिया प्रशान्त क्षेत्रका देशमध्ये सम्भाव्य सदस्य राष्ट्रहरू, साझेदार संगठनहरुको बैठकमा सहभागिता रहनेछ ।

भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)सँग सम्बन्धित करार सम्झौताबाट सदस्य राष्ट्रलाई सौर्य ऊर्जा प्रविधिहरू प्रयोग गरी ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्ने र जलवायु परिवर्तनको असर कम गर्न सहयोग प्राप्त हुनेछ । 

नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सो गठबन्धनबाट मद्दत पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : २५ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी