ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठलाई आज जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो । 

अमिन हुँदा सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेलेको उनीमाथि आरोप छ । योसँगै सरकारी जग्गा हिनामिना प्रक्ररणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । 

यसअघि यही साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा हालसम्म पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : ५८ बजे

ग्यास अभावको असरः भारतमा रहेका नेपाली मजदुर फर्किंँदै

सुदूरपश्चिम – भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते