ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठलाई आज जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो । 

अमिन हुँदा सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेलेको उनीमाथि आरोप छ । योसँगै सरकारी जग्गा हिनामिना प्रक्ररणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । 

यसअघि यही साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा हालसम्म पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : ५८ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी