सुर्खेतबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ « Khabarhub

सुर्खेतबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– वीरेन्द्रनगर नगरपालिक-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट  उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो । 

उता  कैलालीको कैलारी गाउँपालिका-६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रसाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित प्रहरीले पक्राउ गरेको छ ।

चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १ : ३४ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र