यातायातका साधन सफा र व्यवस्थित हुनुपर्छ : मन्त्री ज्वाला | Khabarhub Khabarhub

यातायातका साधन सफा र व्यवस्थित हुनुपर्छ : मन्त्री ज्वाला


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताएका छन् । 

यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोशाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनुपर्ने बताए ।

उनले भने, ‘सार्वजनिक सवारीसाधन आमनागरिकका साधन हुन्, आमनागरिकले प्रयोग गर्ने सवारीसाधन सफा र सुग्घर हुनुपर्छ । त्यसैगरी ती सवारीमा सेवा दिने कर्मचारीको बोली र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ ।’

मन्त्री ज्वालाले सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरू अनुशासित हुनुपर्ने र उनीहरूको पहिचान खुल्नेगरि अनिवार्यरूपमा पोशाक तथा परिचयपत्र लगाउनुपर्ने सुझाव पनि दिए । 

‘आमनागरिकसँग घुलमिल हुने व्यक्ति जहिले पनि अनुशासित हुनुपर्छ’, उनले भने, ‘कार्यालयभित्र काम गर्नेभन्दा पनि दिनहुँ सयौँ हजारौँ सर्वसाधारणसँग सम्पर्कमा रहने मान्छे सबैभन्दा बढी अनुशासित हुनुपर्छ ।’

यसैगरी मन्त्री ज्वालाले सरसफाइ आममानिसका लागि अति आवश्यक भएकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने बताएका छन् । आजदेखि मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्ने मन्त्री ज्वालाले बताए। उनले भने, ‘आजदेखि हामी र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल मिलेर सरसफाइका क्षेत्रमा राम्रो कामको शुभारम्भ गरेका छौँ, देख्दा सानो तर यो अति महत्वपूर्ण काम हो, यसलाई निरन्तरता दिउँ, समय समयमा अनुगमन गरौँ ।’

उनले लामो दूरीका बसमा यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल मिलेर ‘अनलाइन टिकटिङ’ को सुरुआत गर्नेतर्फ सोच्नसमेत आग्रह गरे । सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा धेरै गुनासा आइरहेकाले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी थालेकोसमेत मन्त्री ज्वालाले जानकारी दिए ।

इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्वपूर्ण आयोजना भएकाले यसलाई अनिवार्य गर्नेतर्फ सबैले सहयोग गर्नुपर्ने मन्त्री ज्वालाको भनाइ थियो । उनले सरसफाइका क्षेत्रमा पछिल्लो समय सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्य  विज्ञ खेम शर्माले उल्लेख्य भूमिका निर्वाह गरी सबै क्षेत्रमा सरसफाइलाई विशेष महत्व दिएर काम गर्दै आएकामा धन्यवाद व्यक्त गरे।

मन्त्रालयका सचिव केशवकुमार शर्माले धेरैजसो नागरिकले सार्वजनिक सवारीसाधन नै  प्रयोग गर्ने भएकाले यसका व्यवसायी तथा कर्मचारीले सार्वजनिक सवारी चढौँचढौँ लाग्ने बनाउनुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्य विज्ञ खेम शर्माले मुलुकमा पर्यटकीय क्षेत्रको विकास गर्न र पर्यटकलाई आकर्षित गर्न सार्वजनिक सवारीसाधन सफा हुनुपर्ने धारणा राखे । 

सवारीसाधन समयमै चल्ने मात्र नभएर सफा र सुविधासम्पन्न बनाएर राख्नुपर्ने उनको सुझाव थियो । मानिसले आफ्ना निजी सवारीसाधन घरमै थन्काएर सार्वजनिक सवारीसाधन चढ्ने खालको बनाउन यस क्षेत्रका सबै सरोकारवाला लाग्नुपर्ने उनको भनाइ थियो । 

उक्त कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका तर्फबाट शर्मालाई सार्वजनिक यातायात प्रयोगका लागि निःशुल्क पासको व्यवस्था प्रदान गरिएको थियो । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  २ : ५८ बजे

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा