डिभिजन वन कार्यालय बाँकेद्वारा ४२ वन्यजन्तुको उद्धार « Khabarhub

डिभिजन वन कार्यालय बाँकेद्वारा ४२ वन्यजन्तुको उद्धार


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जानकी– डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरिएको जिल्लास्थित वन कार्यालयले जनाएको छ ।

अधिकांश वन्यजन्तु जीवितै र केही मृतावस्थामा भएकालाई पनि उद्धार गरिएको कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले बताएका छन्। उनका अनुसार अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुनगोहोरो, निल गाईको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघलगायत वन्यजन्तुको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

त्यस्तै, करेत सर्प, निल गाईको बच्चा, हुचिल, धामन सर्प, सालक र चित्तलको बच्चा १-१ वटा उद्धार गरिएको खड्काले जानकारी दिए। उनका अनुसार मृत अवस्थामा बँदेल, चितुवा र बाघ १-१ वटा उद्धार गरिएको छ । जीवितै उद्धार गरिएका वन्यजन्तुलाई जिल्लास्थित विभिन्न सामुदायिक वनमा पुनःस्थापना गरिएको बताउँदै केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको खड्काले जानकारी दिए । 

घाइते वन्यजन्तुलाई वन कार्यालयमा राखेर औषधि उपचारपश्चात् पूर्णरूपमा निको भएपछि मात्र जंगलमा पुनःस्थापना गरिएको वन कार्यालयले जनाएको छ । जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको बढी चहलपहल हुनु, बाटो बिराएर मानवबस्तीमा प्रवेश गर्नुलगायत कारणले वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका उनको भनाइ थियो ।  

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : १४ बजे

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा