सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ « Khabarhub

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित बन्नुपर्ने बताएका छन् ।

 चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १९औँ साधारण सभाको उद्‌घाटन गर्दै मुख्यमन्त्री बानियाँले सामुदायिक रेडियो समुदायसँग प्रत्यक्ष जोडिने भएकाले समुदायको आवश्यकता र चासोलाई केन्द्रमा राखेर कार्यक्रम तथा समाचार उत्पादन गर्नुपर्नेमा जोड दिए।

उनले सुशासन, गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणसँगै देशमा शान्ति स्थापना गर्न सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्दै सही सूचना प्रवाह र खबरदारीका कारण सामुदायिक रेडियो अझै पनि भरपर्दो र विश्वासिलो माध्यम रहेको उल्लेख गरे। साथै, बागमती प्रदेशभित्र सञ्चालित सामुदायिक रेडियोहरू राजनीतिक आस्था वा दलभन्दा माथि उठेर सबैको साझा सञ्चारमाध्यम बन्नुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई जिम्मेवार, सही र विश्वासिलो ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । सामुदायिक रेडियोमा देखिएको आर्थिक चुनौती र नीतिगत अस्पष्टताका विषयमा प्रदेश सरकारले दिगोपन र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। दीर्घकालीन रूपमा सामुदायिक रेडियोलाई टिकाइराख्न प्रदेश सरकार सहयोगी बन्ने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सामुदायिक रेडियोको संरक्षणका लागि राज्यका सबै निकायले सहयोग गर्नुपर्ने बताए। उनले सामुदायिक रेडियोले देश तथा विदेशमा रहेका नागरिकसम्म सही सूचना पुर्‍याएर सूचनाको पहुँच विस्तार गरेको उल्लेख गर्नुभयो । विपद्को समयमा समुदायको सारथी बनेर उद्धार, खोज तथा राहतमा सक्रिय भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे। रेडियोलाई जोगाउन प्रदेश सरकार र आफू आबद्ध मन्त्रालयले नीतिगत सहयोग गर्ने उनले बताए।

मन्त्री पौडेलले सामुदायिक रेडियोले समुदायले खोजेअनुसार अडियोसँगै भिडियो र डिजिटल प्रविधिको विकासमा छाता संगठनले थप भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : १७ बजे

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक

बाख्रा पालनबाट स्वरोजगार

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइमा सुविधा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना