खप्तड शैलेश्वरी गोल्डकपको दोस्रो संस्करण सुरु « Khabarhub

खप्तड शैलेश्वरी गोल्डकपको दोस्रो संस्करण सुरु


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता, २०८० दोस्रो संस्करण शनिबारदेखि सिलगढीमा सुरु भएको छ । डोटी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । 

जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पुर्‍याउने र खेलाडीको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताएका छन् । 

उद्घाटन खेल भैरवप्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच भएको थियो । उक्त खेलमा भैरवप्रसाद गण पूर्वीचौकी गाउँपालिकासँग ८–१ गोल अन्तरले विजयी भएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिएका छन्  । 

खेलको पहिलो हाममा दुई गोल गरेको गणले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । पहिलो हाफमा गोल गर्न नसकेको पूर्वीचौकीले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरवप्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।

शनिबारदेखि सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका आठ समूह सहभागी छन् । 

त्यस्तै, पोल ‘बि’अन्तर्गत सिवाइएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बि) र सेती प्राविधिक शिक्षालयबीच खेल हुने आयोजकले जनाएको छ । नकआउट प्रणालीद्वारा खेलाइने प्रतियोगिता साउन १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : २३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००