मेयर हर्क साम्पाङले सद्भाव खल्बल्याउन र जातीय विद्वेष फैलाउन बन्द गरून् : प्रवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

मेयर हर्क साम्पाङले सद्भाव खल्बल्याउन र जातीय विद्वेष फैलाउन बन्द गरून् : प्रवक्ता श्रेष्ठ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम गरेको भन्दै अविलम्ब बन्द गर्न आग्रह गरेका छन् ।

केही दिनयता साम्पाङको अभिव्यक्ति र कार्यको आलोचना भइरहेका बेला प्रवक्ता श्रेष्ठले हिन्दू धर्म र सनातन धर्म संस्कृतिप्रति भ्रम पैदा गर्नेगरी दिएको अभिव्यक्ति र शैली अशोभनीय र खेदजनक रहेको बताएका छन् ।

‘हिन्दूहरुप्रति निरन्तर तुच्छ गालीको भाषा बोल्ने, सनातन धर्मसंस्कृति प्रति भ्रम पैदा गर्ने, शालीन प्रतिवाद गर्नेलाई उल्टो चेतावनी दिने धरानका मेयर साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक छन् । सामाजिक सदभाव खल्बल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम तिनले अविलम्ब बन्द गरून्,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : २६ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने