मेयर हर्क साम्पाङले सद्भाव खल्बल्याउन र जातीय विद्वेष फैलाउन बन्द गरून् : प्रवक्ता श्रेष्ठ « Khabarhub

मेयर हर्क साम्पाङले सद्भाव खल्बल्याउन र जातीय विद्वेष फैलाउन बन्द गरून् : प्रवक्ता श्रेष्ठ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम गरेको भन्दै अविलम्ब बन्द गर्न आग्रह गरेका छन् ।

केही दिनयता साम्पाङको अभिव्यक्ति र कार्यको आलोचना भइरहेका बेला प्रवक्ता श्रेष्ठले हिन्दू धर्म र सनातन धर्म संस्कृतिप्रति भ्रम पैदा गर्नेगरी दिएको अभिव्यक्ति र शैली अशोभनीय र खेदजनक रहेको बताएका छन् ।

‘हिन्दूहरुप्रति निरन्तर तुच्छ गालीको भाषा बोल्ने, सनातन धर्मसंस्कृति प्रति भ्रम पैदा गर्ने, शालीन प्रतिवाद गर्नेलाई उल्टो चेतावनी दिने धरानका मेयर साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक छन् । सामाजिक सदभाव खल्बल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम तिनले अविलम्ब बन्द गरून्,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : २६ बजे

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले