सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्छ : एमालेका कार्यवाहक अध्यक्ष पोखरेल « Khabarhub

सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्छ : एमालेका कार्यवाहक अध्यक्ष पोखरेल


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।

४५ औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौं जिल्ला कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले सुन तस्करीमा भन्सार, अध्यागमनका प्रमुखहरु सेटिङमा चलेको देखिएको र भरियालाई मात्रै पक्राउ गरिएकाले सरकार जवाफदेही भएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

मुलुकमा सरकार रहेपनि आर्थिक विकास र समृद्धिमा अवरोध गर्ने, मुलुकलाई लुटतन्त्रमा परिणत काम गरिरहेको उनले आरोप लगाए । पोखरेलले एमाले सरकारले सुरु गरिएका विकासका आयोजनाहरुलाई वर्तमान सरकारले अघि बढाउन नसकेको बताए । उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश र जनताका लािग पुष्पलाल लगाएतका नेताहरुले बोकेका उदेश्यहरुलाई पुरा गर्न सक्यौ कि सकेनौँ भन्ने समिक्षा गर्न आवश्यक रहेको धारणा राखे । उनले शीर्ष दलहरु विभिन्न कामका लागि छलफलमा जुटेपनि गरिबी हटाउने राष्ट्रिय एजेण्डामा भने बनाउन नसकिएको जिकिर गरे ।

त्यस्तै अन्य सहभागीहरुले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले खेलेको भूमिकाको चर्चा गरेका थिए । १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मेका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । जनताका पक्षमा अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ५० बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता