वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१  बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन्।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ४३ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र