प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए ।

काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूलाई आइतबार दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूले ४५ लाख भन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्ने उजुरी परेको छ । उनीहरूले प्रधानमन्त्रीका सुशासन सल्लाहकार एवं अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै ठगी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय दमकमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई दमक पठाइसकेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ५३ बजे

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र