समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता « Khabarhub

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।

आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ ।

यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिह्न लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ ।

आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दाबी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : १८ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा