अख्तियारले मुद्दा दायर गरेपछि खोटाङका प्रजिअ खतिवडा निलम्बित « Khabarhub

अख्तियारले मुद्दा दायर गरेपछि खोटाङका प्रजिअ खतिवडा निलम्बित


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बित भएका छन् । अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।

जिल्ला ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका खतिवडाले भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनलाई विद्युत लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोप लागेको छ । यही परियोजनामा संलग्न अरु १० जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

गृह मन्त्रालयले खतिवडालाई आइतबार नै निलम्बन गरिएको हो । खतिवडा निलम्बनमा परेपछि उनको स्थानमा अर्का प्रजिअ पठाइने भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ५० बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको