कम्बोडियाको आम निर्वाचनमा जित हासिल गरेको हुन सेन नेतृत्वको सीपीपीको दाबी « Khabarhub

कम्बोडियाको आम निर्वाचनमा जित हासिल गरेको हुन सेन नेतृत्वको सीपीपीको दाबी


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्होम्पेन- कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी सीपीपीले आइतबार भएको आम निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ताले बताएका छन् ।

सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै भने, “सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको छ । मतदानको आधिकारिक परिणाम घोषणा हुन भने बाँकी छ । यो सीपीपीको लागि अर्को ठूलो सफलता हो ।”

उनले भने, “सीपीपीको जीतले वास्तवमा सीपीपीको नेतृत्वप्रति जनताको विश्वास लाई प्रतिबिम्बित गर्दछ ।”

राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक पाँच वर्षमा एक पटक हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय निर्वाचन समितिले आइतबार साँझसम्म पनि देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ मा सार्वजनिक गरिने बताइएको छ ।

कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन सन् १९९३ पछि सातौं निर्वाचन हो । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले राष्ट्रिय सभाका सबै १२५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा शासन गर्दै आएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : २० बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा