कम्बोडियाको आम निर्वाचनमा जित हासिल गरेको हुन सेन नेतृत्वको सीपीपीको दाबी « Khabarhub

कम्बोडियाको आम निर्वाचनमा जित हासिल गरेको हुन सेन नेतृत्वको सीपीपीको दाबी


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्होम्पेन- कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी सीपीपीले आइतबार भएको आम निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ताले बताएका छन् ।

सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै भने, “सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको छ । मतदानको आधिकारिक परिणाम घोषणा हुन भने बाँकी छ । यो सीपीपीको लागि अर्को ठूलो सफलता हो ।”

उनले भने, “सीपीपीको जीतले वास्तवमा सीपीपीको नेतृत्वप्रति जनताको विश्वास लाई प्रतिबिम्बित गर्दछ ।”

राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक पाँच वर्षमा एक पटक हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय निर्वाचन समितिले आइतबार साँझसम्म पनि देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ मा सार्वजनिक गरिने बताइएको छ ।

कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन सन् १९९३ पछि सातौं निर्वाचन हो । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले राष्ट्रिय सभाका सबै १२५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा शासन गर्दै आएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : २० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली