एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण « Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले आज बिहान टोल कोर्क प्रावि, हुन सेन प्रिक रेसे प्रावि र क्रोपर हा प्रावि मतदान केन्द्रमा पुगी निर्वाचनको पर्यवेक्षण गरेका थिए ।

उनको सचिवालयका अनुसार अध्यक्ष ओलीसहितको टोली निर्वाचनको पर्यवेक्षण गर्दा मतदान केन्द्रमा शान्त वातावरणमा निर्वाचन हुँदै र ७० प्रतिशतभन्दा माथि मतदान सम्पन्न भइसकेको थियो ।

कम्बोडियामा आज सातौँ राष्ट्रिय व्यवस्थापिकाको एक सय २५ जना विधायकहरूको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा तीन सय ३४ जना विदेशी पर्यवेक्षकले बिहानदेखि पर्यवेक्षणमा गरेका थिए ।

अध्यक्ष ओली कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि यही साउन २ गते त्यसतर्फ गएका थिए । उनको साथमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारी रहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ३७ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार