निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने ? « Khabarhub

निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने ?


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

यो झरीको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया जस्ता पानीजन्य रोगको सङ्क्रमण हुने जोखिम बढी हुनेगर्छ। विश्वमा प्रत्येक वर्ष झन्डै एक करोड बालबालिकाको मृत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया तथा कुपोषण जस्ता रोगबाट हुने गर्दछ। विश्व स्वाथ्य संगठनका अनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ। निमोनियाको संक्रमण सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिकालाई हुन्छ। निमोनिया भनेको के हो ? निमोनिया नै भएको भनेर कसरी थाहा पाउने ? निमोनियाको खोप कति समयमा लगाउने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि  डा. राजु सेढाईंसँग गरिएको कुराकानीको सम्पादित अंश :

निमोनिया भनेको के हो ?
निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो। जसमा फोक्सोका कोषहरू सङ्क्रमित भएर श्वासप्रश्वासमा समस्या हुन्छ। यो मौसममा बढी पानी पर्ने भएकोले भिज्दा बालबालिकामा चिसो लाग्नसक्छ। रुघाखोकी धेरै लाग्छ। कतिपयलाई सामान्य रुघाखोकी लागेर आफै निको हुने गरेको छ। हाम्रो समाजमा ज्वरो आयो भने निमोनिया हुन्छ भन्ने मान्यता छ।

के कारणले हुन्छ निमोनिया ?
धूम्रपान र मादक पदार्थ सेवन गर्ने मानिसको फोक्सोमा समस्या हुन्छ। जसको कारण निमोनिया गराउने कारक तत्त्वका रूपमा धूम्रपानलाई लिन सकिन्छ।

निमोनिया एकबाट अर्कोमा सर्छ ?
निमोनियाको पनि प्रकार हुन्छ। जसमा भाइरल र ब्याक्टेरियल निमोनिया भएको छ भने सङ्क्रमित व्यक्तिको कफ, मुखबाट निस्किने तरलबाट अर्को स्वास्थ्य व्यक्तिमा सर्न सक्छ। तर अर्को फङ्गल निमोनिया भएको छ भने सर्दैन।

निमोनिया नै भएको भनेर कसरी थाहा पाउने ?
जन्मेको एक महिनासम्म बच्चाले दूध चुस्न सकेन, आलस्य भयो वा सुतेको ठाउँबाट उठ्न सकेन भने त्यो निमोनिया हो। अर्को, पाँच वर्षसम्मको बच्चामा रुघाखोकी लागेर बच्चा खेली रहेको छ भने त्यो सामान्य हो। बच्चा खाना नै नखाने नखेल्ने सय डिग्री भन्दा धेरै ज्वरो आयो भने कडा निमोनिया हो भनेर बुझ्नु पर्दछ। बच्चामा धेरै ज्वरो देखियो र सास फेर्न गाह्रो भएको छ भने निमोनिया भएको बुझ्न सकिन्छ।

निमोनियाको खोप कति समयमा लगाउने ?
अहिले मानिस खोप–खोप भनेर धेरै पछि लागेका छन्। शरीरको रोगसँग लड्ने एन्टिबडी दिने खोप छ। नेपाल सरकारले अहिले धेरै खोपहरू निःशुल्क दिएको छ। हेपाटाइटिस, लहरे खोकी, भ्यागुते रोग लागेमा धेरै समयको अन्तरमा धेरै खोपहरू ल्याएको छ। भ्याक्सिनले धेरै रोगबाट मुक्त गरेको छ। जुनजुन समयमा लगाउनु भनेर सरकारले खोप दिएको छ त्यो समयमा बालबालिकामा खोप लगाउनु आवश्यक छ।

निमोनियाबाट बच्न के गर्ने त ?
निमोनियाबाट बच्न बालबालिकालाई अरु बेलाको तुलनामा धेरै पटक दूध चुसाउने गर्नुपर्छ। निमोनियाबाट सङ्क्रमित व्यक्ति वा बच्चालाई फोहोर र धूलो वातावरणमा खेल्न दिनु हुँदैन। बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउने गर्नुपर्छ। त्यसपछि भने दूधसँगै झोलिलो खानेकुराको साथै पोषिलो खानेकुरा जस्तैः माछा मासु, अण्डा, गेडागुडी, फलफूल, जाउलाजस्ता झोलिलो खानेकुरा खुवाउने गर्नुपर्छ। समयमा सरकारले दिएको भ्याक्सिनहरू लगाउने, कुपोषण हुनबाट जोगाउने, गर्नुपर्दछ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : २२ बजे

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा

मधेश प्रदेशसभाले आज आठौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं– मधेश प्रदेशसभाको आठौँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइँदै