एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा « Khabarhub

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा


६ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ ।

नेपालसँगै उक्त समूहमा हङ्कङ, चीन र फिलिपिन्स रहेका छन् । नेपालले पुरुष रग्बीमा मात्र सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ । यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिङ्गापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएई, चीन र अफगानिस्तान छन् ।

रग्बीका खेलहरू सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछन् । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङ्कङविरुद्ध खेल्ने छ ।

हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ । एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलङ्काका सन विजेसिङ्घेले प्रशिक्षण दिइरहनुभएको छ ।

नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी छन् ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ९ : ३० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४