कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा मुद्दा हाल्ने « Khabarhub

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा मुद्दा हाल्ने


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।

संविधान र कानूनविपरीत सभाध्यक्षको मतबाट प्रदेशसभाले गत सोमबार मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको थियो । यसैविरुद्ध एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।

मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै त्यसको विरोधमा मुद्दा दर्ता गराउने भनी एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले यसअघि नै जानकारी दिइसकेका छन् ।

‘हाम्रो कानूनी लडाइँ र संसदभित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैछौं’ उनले भने ।

यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो ।

पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा सभाध्यक्षको मतसमेत जोडेपछि एमालेले पुनः सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : ०१ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा